के धारामा मोटर चलाउनु ठिक हो ? प्रश्न गर्न मन लाग्यो । उत्तर पाउँदा मोटर  जडान गर्नु, गर्न लगाउनु ठिक होइन । तर व्यवहारमा के त्यो पाइएला त ? सोझा साझा व्यक्ति भएर चल्दैन भन्ने उखान सम्झनामा आउँदछ । नियम एकातिर गराई अर्को तिर छ । मानिसहरू बुझ्दैनन् । सबैलाई आफ्नो ध्येय पुर्‍याउन मात्र पर्दछ । सबै मानिसहरूमा दया भन्ने वस्तु के हो ?  बुझ्न सकेका छैनन् । कृपा भनेको के हो ? मानवीय संवेदना भनेको के हो ? समाजमा हत्तपत्त पाउन गाह्रो छ । किन मानिसहरू सही समस्या के हो कसरी समाधान गर्ने त्यता सोच्न सकिरहेका छैनन् । स्वार्थीपना हामी मानिसहरूमा ज्यादा भन्दा ज्यादा पलाइरहेको अवस्था पाइन्छ । 
सुख्खा मौसममा त्यसै त धरानमा पानीको कमी हुन्छ नै । त्यो हामी धरानवासीले स्वीकारेको कुरा हो । पौषको जाडोमा धरानवासीहरू अक्सर बिहान चार बजे देखि नै पावर फुल मोटर धारामा घ्यार्र  घ्यार्घ्यार्घ्यार्घ्यार्घ्यार्........ गरेर चलाउन रुचाउँछन् । दिनभरि पानीको गर्जो त्यति कार्य गरेमा टर्दछ त्यो विश्वास केही बाठा भनाउँदा धरानेमा छ । 
मलाइ प्रश्न गर्न मन लाग्दछ के धरानमा डाइरेक्टर धारामा पावर फुल मोटर चलाउन पाइन्छ ? 
उत्तर खोज्नु पर्दैन यो प्रश्न राखिएको छैन है । मैले मात्र होइन सम्पूर्ण धरानवासीले आँखा चिम्लिएको अवस्था महसुस भएको छ । पावरफुल मोटर चलाउँदा लाग्ने खर्च भन्दा पानी प्रयोग गर्न पाउने सुविधा उत्तम हो धरानवासीहरूका लागि ।  एक किसिमको आशङ्काको भयको वातावरण धरानमा व्याप्त छ । नभनौँ सुटुक्क पावरफुल मोटर चलाउँदा पाइएको पानी अभावको चरम कष्टमय अवस्थाको दुखहरू क्षणिक दूर हुन्छ भने किन मुन्द्रा लगाउने प्वाल  कानमा नबनाउनु त्यो धरानवासीहरूले सोच्नु अति आवश्यक छ । यहाँ नेर के भन्न खोजियो भने एक ताका धरानमा लामो कपाल पाल्नेहरूलाई प्रहरीहरूबाट कारबाही गरिएको पाइएको थियो । त्यस पछि मुन्द्रा लगाउने चलन अहिले छ । त्यहाँ केही अज्ञात फाइदा हुन्छ भनेर जनमानस विश्वास राख्दछ । तर यस क्षेत्रमा भने कुनै कारबाही भएको सुनिएको छैन । हो यै प्रक्रियामा धरानमा पावरफुल मोटर चलाउनेहरूमा छ । मुन्द्रा लगाइएकै छ कसैले केही भन्ने वाला छैनन् त्यो किसिमको ढुक्कको संस्कृति पो विकास भइरहेको छ । अनुगमन पनि हुने वाला छैन आखिर सबैले त्यसै गरिरहेकै छन् त । बिहानको चिसोमाको घुमी रहने र ? कसैलाई  थाहा छैन । सम्भवतः मलाइ पनि थाहा छैन नै भनेर भन्नु पर्छ । तर म भने मोटर चलाउँदिन नि । जाँच गर्दा हुन्छ ।   
पानीको ट्याङ्करबाट वितरण गरिने व्यवसाय थोरै सेवामूलक बनाएर प्रति दुई हजार लिटर तिन हजारले असुल्नु महँगी भयो ।  पौष सकिनै लाग्दैछ माघ देखि ज्येष्ठ अन्त सम्म नै धरानमा पानीको केही अभाव धेरैतिर पाइन्छ । त्यसलाई समाधान गर्नु अति आवश्यक  छ । तिन हजार प्रति दुई हजार लिटर ट्याङ्की चाहिँ महँगो भयो त्यो खरिद गर्नु भन्दा बिजुलीको पैसा तिर्नु र पावरफुल मोटरमा लगानी गर्नु राम्रो लाग्दछ धरानवासीहरूलाई । एकातिर बिजुलीको पैसा मात्र निकाल्दा भै गो । अर्को तिर पावरफुल मोटर पानीको अभाव पनि केही हद सम्म समाधान भयो भन्ने सोचाइ धरानवासीको यो धेरै अवधि देखि चली आएको संस्कृति हो । 
किन मोटर चलाउन हुन्न भन्ने नियम सफल हुन पाएन त भन्दा त्यहाँ मानिसको सुविधाको कुरा छ । फेरी अनुगमन गर्ने निकाय पनि यस बारेमा मौन छ । सम्भवतः अनुगमनकर्ता नै पावर फुल मोटर चलाउन पर्छ भन्ने सल्लाहकार हुन बेर छैन । त्यसरी भए पनि पानीको गर्जो त टरीरहेकै छ । 
धरानमा ट्याङ्करबाट पानी विक्री वितरण गर्नुको विकल्प केही छैन । मौसमी वातावरणले त्यसो हुन गएको हो । चरम अभाव लागेमा धरानेहरुले ट्याङ्करको पानी खरिद गर्नुको विकल्प छैन । हुनेहरूले त पानी खरिद गरेर खाने भए । नहुनेहरूलाई त गाह्रो छ धरानमा । त्यस हिसाबमा धरानमा पानी हाहाकार लाग्दा ट्याङ्करबाट निःशुल्क पानी वितरण गर्ने गरिएको पनि विगत धेरै वर्षको इतिहास छ । निःशुल्क पानी वितरण गरिनु पनि अति क्षणिक कार्य हो । यो वर्ष ट्याङ्करबाट पानी वितरण गर्नु पर्ने आवश्यकता लागेको छ । तर मानिसहरू ट्याङ्करबाट पानी खरिद गर्नु पर्ने बाध्यतालाई स्विकार्न चाहँदैनन् । 
धरानको भौगोलिक अवस्थाले गर्दा पानीको सुख्खा मौसममा अभावको महसुस दीर्घकालीन रूपमा देखिएको कुरा हो । धरानको भौगोलिक अवस्था भिरालो भिरालो छ । बाटो मास्तिरका घरहरूमा पानीको ज्यादै नै समस्या छ । भिरालो भौगोलिक बनौट भएका कारण उनीहरूले सुरुवाती अवस्था देखि नै पानीको अभाव भोगिरहेको अवस्था छ । पानी अभावले धरानवासीहरूमा एक अर्कामा एक किसिमको बेग्लै भय बेग्लै आशङ्काको वैग्लै त्रासको व्यवहार छ । 
हामी धरा नेहरुले सिंंचाइको रूपमा समेत पानी माग गर्नु नितान्त आवश्यक छ । खानेपानीको पाइपबाट मात्र यसो सौख  गरेर बिरुवा फुलहरू लगानेहरुले गरिएको कार्य त्यो दिगो हैन । सौख पुरा हुँदैमा समस्याहरू छदै छैनन् भन्नु पनि बुद्धिमत्ता होइन । 
हामी धरानवासीहरूले सामाजिक सद्भावका व्यवहारहरू पहिल्याउनु जरुरी छ । हामी धरानवासीहरूले पानीको समस्या छ है भनेर बुझ्नु नितान्त जरुरी छ । राज्यको तर्फबाट कुन कुन घरमा पानीको कस्तो समस्या होला भनेर धरानमा सर्वे समेत गरिनु  सजगता अपनाउनु नितान्त जरुरी देख्दछु । 
धन्यवाद ।