• आरए माधव लुइँटेल

धरानको भानुचोकमा रहेको बसपार्कमा धेरै आइजाइ भई नै रहन्छ । भानुचोकको बेग्लै सौन्दर्य छ । भानुचोकको शालिकले एक प्रकारको बेग्लै आनन्द महसुस गराउँदछ । लाग्छ यो सालिक पुरानो हो ।

मेरो जन्म २०२९ साल तिर भएको हो । म वालख हुँदा पनि त्यो शालिकको निर्माण त्यस्तै भएको जस्तो लाग्दछ । भानुभक्तको शालीन शालिक हामी धरानवासीहरूमा लोकप्रिय नै छ । भानुचोकको महत्त्व र इतिहास धरानको बसपार्कसँग जोडिएको छ ।

धरानबाट विराटनगर जाने गाडीहरू हुन्थे भन्ने कुरामा मैले हमजायगाको एउटा कथा कलेजमा पढ्दा साथीहरूले चर्चा गरेको उल्लेख गर्दा सान्दर्भिक होला जस्तो लाग्दछ ।

एक पटक हमजायगाले धरानबाट विराटनगर जिप मोडलको गाडीमा यात्रुहरूलाई लैजाने ल्याउने गर्दा रहेछन् । विराटनगर-विराटनगर भनेर हमजायगाले आफ्नो जीपगाडीमा पर्याप्त मान्छेहरू राखेछ पुरै भरी । त्यसपछि त्यो गाडी बिस्तारै विराटनगर तर्फ रवाना भएछ ।

सम्पूर्ण यात्रुहरू विराटनगर पुगेपछि सवारी साधनबाट आफ्नो-आफ्नो गन्तव्य तिर लागेछन् । चलाख हमजायगाले धरानमा गाडी दगुराउन सुरु गर्नुभन्दा अगाडी सबै यात्रुहरूबाट भाडा भने असुली सकेको अवस्था रहेछ ।

यात्रुहरूको प्रतिक्रिया थियो गलेर लखतरान भइयो यो हमजायगाको गाडीमा उभिएर दगुर्दै विराटनगर पुग्नु परेको अवस्था थियो । यस्तो प्रतिक्रिया सुन्दा एउटा जोकको स्मरण हुन आउँथ्यो । धरानको बसपार्क भन्ने बित्तिकै हमजायगाको जोक सम्झनु पर्ने हुन्छ ।

हिजो आजका बसको पैसा उठाउने कन्डक्टरको पावर ज्यादा हुन्छ । कुनै यात्रुले बस भाडा दिएन भने उनीहरूले ठाउँका ठाउँ कारबाही गर्दछन् । भाडा नदिने यात्रुलाई जुन ठाउँमा कन्डक्टरले भाडा प्राप्त हुन नसक्ने निर्णयमा पुग्दछ ड्राइभरलाई गाडी रोक्न लगाएर यात्रु उतारिदिने चलन व्यापक देख्न पाइन्छ । 

समयको व्यापक परिवर्तन भइरहेको छ । हिजो ११ गते बिहान पौने आठ बजे मलाई विमला दिदीलाई बसपार्कबाट पिकअप गर्नु पर्ने जिम्मेवारी आएको थियो । दिदीलाई आमाले यसो मिठो मसिनो खान बोलाउनु भएको थियो ।

गणेश काकाले भतिज दिदी दमक कृष्ण मन्दिरबाट हिँडेको आधा घण्टा भयो समय मिलाएर उहाँलाई भेट्नु है भनेर फोनबाट दिदीसँग फोन छैन है भन्ने जानकारी दिनु भएको थियो । त्यस पछि म आफ्नो घरबाट धरानको भानुचोक निर बसपार्कमा भानुचोक हुँदै सररर स्कुटरबाट आएँ ।

काँकडभिट्टा धरान उल्लेखित आउने सबै गाडीहरूबाट यात्रुहरू ओर्लिएको अवलोकन गर्दै थिएँ । पानी सिम सिम पर्न थाल्यो । थोरै पानी पर्दा पनि गाडीले यात्रुहरू ओरालेको अवलोकन गर्न पाइँदै थियो । झररर ठुलै वर्षा सुरु भयो ।

पहिला त वर र पिपलको सहारामा ओत मान्दै यात्रुहरू बसबाट ओरालिएको अवलोकन गर्दै गइयो । तर पानी रोकिएन झन् जोडले पानी पर्दै गयो । वर पिपलमा भएको टहरामा ओत लाग्नुको विकल्प भएन ।  निरन्तर ठुलो वर्षा हुँदा जनताले ओत लाग्ने पर्याप्त ठाउँ धरानको भानुचोकको बसपार्कमा नभएको अनुभूति बल्ल मलाई भयो ।

ओत त लागियो तर बसबाट यात्रुहरू ओर्लिएको देख्न कठिनाइ भयो । आएका गाडीमा दिदी विमला हुनुहुन्छ कि भनेर हेर्न त हेरियो तर देख्दै देखिएन । त्यसरी बिहानको २ घण्टा बसपार्क मैले समय बिताएको थिएँ । पछि घरबाट छोराले विमला दिदी त घर आइपुग्नु भयो त भन्ने खबर फोनबाट आयो । त्यस पछि म स्कुटरबाट घर फिर्केँ । पानी परिरहेको थियो । ठुलै पानी परी रहेको थियो ।

ट्याम्पो चालकहरू हरेक गाडी आउँदा हुलका हुल गाडीलाई पछ्याएर यात्रुहरूलाई ट्याम्पो चढ्न अनुरोध गरेको अवस्था अवलोकन गर्न पाइयो । भानुचोकको शालिक भन्दा १० फुट मुनीवाट अवलोकन दक्षिण  तर्फ गर्दा यातायातका गाडी नो पार्किङमा रोक्ने गरेको देखिएको थियो ।

त्यसरी प्रत्यक्ष यातायातको गाडी प्रहरी कार्यालय अगाडी रोक्नलाई सुधार गरिएको थियो । अहिले धरानको नयाँ मेयर आइकन भने त्यो पुरानो रोग बल्झिएको देखियो । 

ट्याम्पो चालकहरूले गरी खाने मेलो हरेक गाडी आउँदा यात्रुहरूलाई ट्याम्पो चढ्न अनुरोध बारेमा एकातर्फ जनताले सेवा सुविधा प्राप्त गरेकै हो भन्ने लाग्यो भने अर्को तर्फ प्रशासन तथा सम्बन्धित निकायले जनताले कसरी यातायातको सेवा सुविधा पाउनु पर्छ भन्ने नीति नियम कार्यान्वयन धरान बस पार्कमा अझै पनि गरिएको रहेन छ भन्ने पनि आज आएर मैलै अनुभव गरेँ । धन्यवाद 

धरान–१६, विद्युत प्राधिकरण मार्ग