धरान: धरान रन नेवा: च्यारीटी एजुकेसन फण्डले १३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।
छात्रवृत्ति पाउने विद्यार्थीहरूमा किरातेश्वर माविका नेहाम कार्की,पञ्चायत माविकी उषा राई,ल्यावोरेटरी माविका असीम राई,निकेतन माविका नमुना कठेत छन् ।
त्यसै गरी सदन माविका सोलिट राई,पञ्चकन्या माविका समर्पण राई,किरातेश्वर माविकी मनिता घलानी,निकेतन माविका तोहीद अन्सारी,सम्यक आधारभूत विद्यालयका सोया लामा,निहाङ्ग राई,किरातेश्वरका दिपाकुमारी चौधरी,शिक्षा ज्योति माविका सिमोन तामाङ्ग,ल्यावोटरीका विनीता भुजेल  छन् ।
ट्रष्टले हरेक वर्ष आयोजना गर्दै आएको धरान रनबाट सङ्कलित रकम मध्येबाट सञ्चालन गरेको एजुकेसन फण्टले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष हेमन सुनुवारले बताए ।
उनका अनुसार छात्रवृत्ति वर्षमा दुई पटक वितरण गरिने गरेको छ ।
विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको हो ।