धरान : अल्टिमा ब्रान्डले कोशी प्रदेशमा पहिलो पटक सातौँ फ्रान्चाइज आउटलेट धरानमा सञ्चालनमा ल्याएको छ ।
सञ्चार प्रविधिका सामाग्रीहरूको बजार विस्तार गर्दै पूर्वी नेपालमा फ्रान्चाइज मोडल प्रवेश गराएको अल्टिमाको यो सातौँ नयाँ शाखा हो ।
शाखाको धरानमा शुक्रवार औपचारिक उद्घाटन गरिएको हो ।
सन् २०१३ देखी सुरु भएको अल्टिमेट लाइफस्टाइलले किफायती मूल्यमा गुणस्तरीय प्रविधि सामग्री उपभोक्ता बजारमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले बजारमा विद्यमान मूल्य र गुणस्तरको खाडललाई अल्टिमा ब्रान्डले समाप्त गर्ने लक्ष्य राखेको जेनेरल म्यानेजर प्रज्वल ढकालले बताए ।
उनले भने “आउटलेटकालागि धरान ‘अनुभव क्षेत्र’अवधारणामा आधारित रही सञ्चालन गरिएको छ, ग्राहकहरूले खरिद अघि उत्पादन परीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ ।’
यसले ग्राहकको विश्वास र प्रत्यक्ष अनुभवलाई प्राथमिकता दिने कम्पनीको रणनीति झल्काउने उनले बताए ।
उद्घाटनको अवसरमा पब्लिक रिलेशन म्यानेजर साक्सि वास्तवले अल्टिमाले फेब्रुअरी ७ देखि १४ सम्म विशेष छुटको अफर दिएको बताइन् । अफरमा ३० हजार पर्ने माइक्रोफोनहरू ३५ सय देखि ४ हजार मुल्यमा उपलब्ध गराइने छ ।
१०० जना ग्राहकलाई ३ हजार ५९९ पर्ने इयरबड ९९९ रुपयामा बिक्री वितरण गरिने छ । ५० हजार मूल्यको प्रिमियम टेक कम्बो स्पिकर, पावर बैंक, स्मार्टवाच र इयरबड सहितको बन्डल १९ हजार ९९९ मा उपलब्ध गराइने छ ।
साथै कम्पनीले भ्यालेन्टाइन अफर पनि सञ्चालन गरेको शाखा प्रबन्धक श्रीवास्वले जनाकारी दिईन । उनले भ्यालेन्टाइन अफरमा ‘एउटा सामान किन्दा अर्को फ्रि’ योजना रहेको बताइन् । अल्टिमा स्टोरमा हालसम्म एयरपड, स्मार्टवाच, पावर बैंक, चार्जर, स्पिकर तथा साउन्ड सिस्टम, माइक्रोफोन विक्रीमा रहेका छन ।
धरान फ्रान्चाइजमा २५ देखि ३० लाख रुपया लगानी भएको बताइएको छ ।
अल्टिमा लाइफ स्टाइलले आगामी वर्षहरूमा नेपालभर ३० देखि ४० आउट लेट विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।