धरान : १० औँ धरान रन नेवा च्यारिटी १० किमीको खुल्ला पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ एपिएफका खेलाडी  पुष्पा भण्डारी विजयी भएका छन् ।

विभिन्न क्याटोगरीमा भएको प्रतियोतिामा खुल्ला पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढाले १० किमीको दुरी ३१ मिनेट ३ सेकेन्डमा दौड पुरा गरी विजयी भएका हुन । सोही समूहमा जुम्लाकै अनीश थापाले ३१ मिनेट ४ सेकेन्डमा दुरी पार गरी दोस्रो भएका छन् । उनीहरू दुवै जना भारतीय सेनामा कार्यरत रहेका छन् । त्यसै गरी सोही समूहमा काठमाण्डौका मुकेश पालले ३१ मिनेट २० सेकेन्डमा १० किमी दुरी पार गरी तेस्रो भएका छन् । उनीहरूले प्रथम , दोस्रो र तेस्रो हुनेले क्रमशः  ६० हजार, ५० हजार र ३० हजार नगद सहित प्रमाणपत्र ट्रफी र मेडल प्राप्त गरेका छन् । 

यसै गरी महिलातर्फको खुल्लातर्फ एपिएफकी खेलाडी पुष्पा भण्डारीले ३५ मिनेट २६ सेकेन्डमा १० किमी दुरी पार गरी विजयी भएकी छिन् । यसै गरी एपिएफ काठमाण्डौकै फुलमति रानाले ३८ मिनेट ४० सेकेन्डमा दुरी पार गरी दोस्रो र काठमाण्डौकी हान्ह कारलले ४१ मिनेट १४ सेकण्डमा दुरी पार गरी तेस्रो भएकी छिन् । उनीहरूले पनि नगद ६० हजार, ५० हजार, ३० हजार र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् । 

यस्तै १६ वर्ष उमेर समूह मुनिका प्रशान्त तामाङले ३६ मिनेट १० सेकेन्डमा १० किमी दुरी पार गरी प्रथम, रोदन राईले ३६ मिनेट ५० सेकेन्डमा दुरी पार गरी दोस्रो र सरोज सिंहले ४० मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरी तेस्रो भएका छन् । 

यसै गरी सोही समूहको महिलातर्फ पेमा तामाङले ५२ मिनेट ५९ सेकेन्डमा दुरी पुरा गरी प्रथम, कुसुम राईले ५९ मिनेट ९ सेकेन्डमा दुरी पुरा गरी दोस्रो र जस्मिता राईले १ घण्टा १ मिनेट ४५ सेकेन्डमा दुरी पुरा गरी तेस्रो भएका छन् । उनीहरू सबैले प्रथमले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगद र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् । 

यसै गरी भेट्रनको पुरुष तर्फ काठमाण्डौका धर्म महर्जन प्रथम, निमेष क्षेत्री दोस्रो र मङ्गल तामाङ तेस्रो भएका छन् । यसै गरी सोही समूहको महिलातर्फ भारतको कालिम्पोङको सरस्वती राई प्रथम, दार्जिलिङकी तेन्जिङ लामा भुटिया दोस्रो र धरान १६ की शर्मिला राई तेस्रो भएका छन् । उनीहरूले पनि नगद प्रथमले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगद र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

यसै गरी सुपर भेटेरियनतर्फ इन्द्रबहादुर लिम्बु प्रथम र दार्जिलिङका पवनदास प्रधान दोस्रो भएका छन् । देशकै धेरै सहभागी हुने यो प्रतियोगितामा आज धरानमा ४ हजार बढी धावक धाविकाहरू सहभागी रहेको आयोजकले जनाएको छ । 

Dran-RunWeel