धरान : अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले शानदार जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।
धरान रङ्गशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लब भारतलाई ट्राइबेकरबाट ४–२ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित समयमा दुवै टोलीबाट १/१ गोल भएपछि खेल ट्राई बेकरमा धकेलिएको थियो।जर्जियन क्लब भारतबाट पहिलो हाफको ८ औ मिनेटमा हेमराज भुजेलले गरेको १ गोल गरेको जवाफमा आयोजक धरान फुटबल क्लबले खेलको १८ औ मिनेटमा १ गोल फर्काएको थियो । खेलको दोस्रो हाफमा आयोजक धरानको कयौँ प्रयास असफल रहयो ।
ट्राईबेकरमा आयोजक धरान फुटबल क्लबका विवेक राई,राज लिम्बू,प्रज्वल थापा,नगेन राईले गोल गरे। जर्जियन क्लब भारतका शारद मुन्दा, साईजाले गोल गरे । बक्स प्रधान र विशाल क्षेत्रीको प्रहार विफल भयो ।
खेलको म्यान अफ द म्याच आयोजक धरान फुटबल क्लवका विपुल मगर भए । उनले नगर १० हजार सहित प्रमाणपत्र प्राप्त गरे ।ट्राईबेकरमा धरान फुटबल क्लबका खेलाडीहरूले उत्कृष्ट संयम र सटिक प्रहार गर्दै लगातार चार गोल गरेका छन् ।
घरेलु दर्शकको उत्साहपूर्ण समर्थन पाएको धरान फुटबल क्लबले खेलभरि आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो। गोलरक्षक र डिफेन्डरको मजबुत प्रदर्शनले पनि धरानको जित सुनिश्चित गर्यो।
यस जितसँगै आयोजक धरान फुटबल क्लब प्रतियोगिताको क्वाटर फाइनल चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले गरेका थिए । कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई विशेष अतिथि थिए ।
भोलिको खेल रोयल थिम्पु भुटान र प्लानिङ ब्याईज काठमाडौँका बिच हुनेछ ।
प्रतियोगितामा सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाईज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, लालिगुरास ए पोखरा ,सात दोबाटो यूथ क्लब ललितपुर, प्लानिङ ब्वाईज क्लब काठमाडौँ, झापा ११ झापा, धरान फुटबल क्लब धरान छन् ।