वराहक्षेत्र : प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. १ मा नेपाली काँग्रेसले इमानदार छवि बनाएका सुजेन्द्र तामाङलाई उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ । गाह्रो, सारो, समस्या, अप्ठ्यारो पर्दा सहयोग गर्ने इमानदार समाजसेवीको रूपमा सुजेन्द्र तामाङ क्षेत्रमा परिचित छन् । उनी नेपाली काँग्रेसका क्षेत्र नं. १ का सभापति हुन् । उनी हाल भोट माग्न घरदैलो गरिरहेका छन् । उनको मत माग्ने शैली देखेर मतदाताहरू चाख मानेर हेरिरहेका छन् ।
पार्टीका अग्रज नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थन सहित मत माग्न ठुलासँग आशीर्वाद सहित मत मागी राख्दा अन्य पार्टीमा आस्था राख्ने स्थानीय पनि चाख मानेर हेरिरहेका देखिन्छन् । अग्रज एवम् ज्येष्ठ नागरिकले हात शिरमा राखी दिँदा उनी आशीर्वाद र सहयोगको अपेक्षा रहेको बताउँछन्।
क्षेत्रमा भएका समस्याको हल गर्ने, युवालाई स्वरोजगार, खानेपानी, सिचाई, खोला कटान, सडकसँगै भावी प्रधानमन्त्रीको रूपमा काँग्रेस सभापति गगन थापा बनाउने, भ्रष्ट्राचार अन्त्य गर्ने विकास, सुशासन पारदर्शिता र जबाफदेहिताप्रति प्रतिबद्धता सहित उनी भोट माग्न घरदैलो गरी रहेका छन् ।
समग्र सुनसरी १ को विकास र सुशासनसँगै पारदर्शिता र जबाफदेहिता मुख्य एजेन्डा हुने बताएका छन् । पार्टी भित्र लोकप्रियसँगै इमानदार नेताको रूपमा उनको छवि रहेको छ ।
सानालाई माया, युवालाई प्रोत्साहन र अग्रजलाई अभिभावकको रूपमा लिने उनी सरल, इमानदार रहेको स्थानीय मतदाताहरूको भनाई छ । समाजसेवी पृष्ठभूमिबाट पार्टीको नेतृत्वमा उदाएका उनी प्रभावशाली युवा नेता हुन । सामाजिक सङ्घ संस्थामा समेत सक्रिय रहेका गरेका उनी नेपाली काँग्रेस पार्टीमा सँगै क्षेत्र बासीमा समेत लोकप्रिय छन् ।
पछिल्लो समयमा जनताको मुख्य असन्तुष्टि विकास निर्माण र भ्रष्टाचार नियन्त्रण , आर्थिक गतिविधि विस्तार तथा भौतिक पूर्वाधार विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता उनको रहेको छ ।
पार्टीमा रूपान्तरण आएको जनाउँदै उनले तामाङले भने जित मेरो व्यक्तिगत विषय होइन, यो सामूहिक प्रयासको नतिजा आउनेछ । राजनीतिमा ढाँट्न जानिएन जिम्मेवारी र इमानदारीका साथ काम गरियो उनी भन्छन् ।
नेपाली काँग्रेस रूपान्तरणको प्रक्रियाबाट नयाँ ऊर्जा र आत्मविश्वाससहित अघि बढिरहेको उनको भनाई छ । त्यसैले सकारात्मक चुनावी परिणाम ल्याउने बताए । जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास नै आफ्नो राजनीतिक उद्देश्य रहेकाले विकास, सुशासन पारदर्शिता र जबाफदेहिताप्रति प्रतिबद्धता सहित उनी आशीर्वाद लिँदै मत मागी रहेका छन् ।