धरान : १० औँ नेवा च्यारिटी धरान रन १० किमी २०७८ मा आज धरानमा ४ हजार भन्दा बढी धावक धाविकाहरू दौडिएका छन् । 

धरानको भानुचौकमा भेला भएर पुतलीलाईनबाट सुरु भएको धरान रन १० किमीमा देश विदेशका धावक धाविकाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कोरोना महामारी पछि यति ठुलो सहभागितामा प्रतियोगिता भएको धरानमा यो पहिलो हो । 

विगतमा रन मात्रै गरिँदै आएकोमा यस पटक ह्विल चियर रन पनि आयोजना गरिएको छ । धरान रन १० किमी प्रतियोगिता सम्पन्न भइसकेको भए पनि अहिले आयोजकले विजेता धावक धाविकाको नाम घोषणा गर्ने तयारी गरिरहेको छ । धरानको भानुचौकमा अहिले विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

10nth-Dharan-Run-310nth-Dharan-Run-510nth-Dharan-Run-1010nth-Dharan-Run-410nth-Dharan-Run-210nth-Dharan-Run-1

10nth-Dharan-Run-11