वराहक्षेत्र : नेपाली काँग्रेस वराहक्षेत्र नगर सभापतिमा रोशन खड्का विजयी भएका छन् । वडा नं ८ का अध्यक्ष समेत रहेका खड्काले वडा नं. १० का अध्यक्ष तेजबहादुर गुरुङलाई पराजित गर्दै नगर सभापतिमा विजयी भएका हुन् ।
नेपाली काँग्रेस १५औँ नगर अधिवेशनअन्तर्गत बुधवार वराहक्षेत्रको नगर अधिवेशन सम्पन्न भएको हो । बुधवार अबेर राति सम्पन्न मत परिणाम अनुसार रोशन खड्काले २ सय २० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी तेजबहादुर गुरुङले १ सय ८५ मत प्राप्त गरेका थिए । कुल ४१६ मतदाता रहेको निर्वाचनमा ४१३ मत खसेको थियो। सभापति पदमा रोशन खड्का ३५ मतको अन्तरले विजयी भएका छन्।
उपसभापति पदमा दिनेश राई विजयी भएका छन् । उनले २ सय ३ मत प्राप्त गरेका थिए भने दिलबहादुर पौडेलले १ सय ५६ मत प्राप्त गरेका थिए । नगर समितिको उपसभापति महिलामा मैयाँ आचार्य मञ्जु, सचिवमा युवराज भट्टराई, सहसचिवमा सुसना घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।







































































