ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “सीमा स्तम्भ खोज्दै सशस्त्र प्रहरी” शीर्षकको समाचार छापिएको छ । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा हराएका भनिएका सीमा स्तम्भको बारेमा बुझ्न सशस्त्र प्रहरीले संयुक्त गस्ती गरेको छ । सोमबार समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बल बिओपि भण्टाबारीले सीमा स्तम्भको खोजीकार्य गरेको हो । ४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा संयुक्त गस्तीको क्रममा ३ट वटामात्र सुरक्षित रुपाम रहेको पाइएको सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्टले बताए । भारतीय एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा स्तम्भको अवस्थाको बारेमा बुझ्न संयुक्त रुपमा गस्ती गरेको जनाउँदै इन्स्पेक्टर विष्टले सीमा स्तम्भ धेरै पहिलादेखि नै हराईरहेको पाइएको बताए । उनले भने, “भारतले अतिक्रमण गरेको पाइएन, विभिन्न समयमा आएको बाढीले बगाएको देखिन्छ ।”

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “प्रदेश सरकारले आफैं कृषि फर्म खोल्छ” शीर्षकको समाचार छापिएको छ । गाउँहरु युवाविहीन भइरहेको अवस्थामा खेतीमा प्रविधि भित्रन थालेको छ । पछिल्लो समय प्रविधिको प्रयोगले उत्पादनमा वृद्धिसमेत हुने गरेको छ । परम्परागतभन्दा प्रविधिको प्रयोगबाट खेतीमा खर्चसमेत कम लाग्ने गरेको छ । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकिकरणका लागि मोरङको बेलबारी ९ मा किसानलाई आधुनिक खेती सिकाइरहेको छ । किसनलाई धान, गहुँ र मकै रोप्ने, गोड्ने तथा काट्ने मेसिनको प्रयषेग गरिरहेको छ । आधुनिक प्रकृतिका औजारहरुको प्रयोगबाट खेती गर्ने गरेको नेपाल कृषि कम्पनीकासञ्चालक विरेन्द्रबहादुर बस्नेतले बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “प्रदेश १ का १५ चलचित्रकर्मी सम्मानित” शीर्षकको समाचार छापिएको छ । प्रदेश सरकारको आयोजनामा धरानमा हुनगइरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदेश १ का चलचित्र क्षेत्रमा योगदान पुर्याएका १५ जना कलाकारलाई सम्मानित गरिने भएको छ । महोत्सवमा नेपाली चलचित्र क्षेत्रका दर्जन अभिनेता, अभिनेत्री तथा कलाकारहरु सहभागी हुने बताइएको छ । चलचित्र प्रेमीहरुका लागि सिने कलाकारहरुसंग प्रत्यक्ष भेटघाट गर्ने अवसरको रुपमा पनि चलचित्र महोत्सव धराने दर्शकका लागि कलात्मक प्रकृतिका अन्तराष्ट्रिय सिनेमाहरु ह्ेर्ने सुनौलो अबसर बन्ने दाबी गरिएको छ ।