१) किस गर्ने बेलामा कहिलेकाँही डकार आउन सक्छ, यदी यस्तो आशंका भएमा पहिले डकार गरेर मात्र किस गर्नु राम्रो हुन्छ । नत्र यसले किसको रोमान्स नभई खराब अनुभव मात्र दिन्छ ।

२)आफ्नो पार्टनरलाई किस गर्ने बेलामा आफ्नो मुड नभएको तर तिम्रो खुसीको लागि मात्र गरेको भन्नु हुँदैन । यसले आफ्नो पार्टनरलाई नराम्रो लाग्छ ।

३) यदी कुनै समयमा आफ्नो पार्टनरले किस गर्ने मनसाय राखे उक्त समयमा आफूलाई पार्टनरलाई यस्तो दृष्टीले नहेरेको भनेर टार्नु दुवैका लागि राम्रो हुँदैन । यस्तो गर्नाले आफ्नो पार्टनरलाई राम्रो लाग्दैन र यस्तो गर्नु राम्रो पनि होइन ।

४) किस गर्ने समयमा आफ्नो पार्टनरलाई पार्टनरको शरिरबाट कुनै दुर्गन्ध आइरहेको कुरा कहिल्यै भन्न हुँदैन । तिम्रो शरिरबाट यस्तो गन्ध आइरहेको हो भनेर सोध्नु हुँदैन ।

५) किस गर्ने क्रममा कहिल्यै पनि आफ्नो पार्टनरलाई पूर्व प्रेमी या प्रेमीकाले यसरी नै किस गर्ने गर्थे भनेर सोध्नु पनि मूर्खता हुन सक्छ, यसले आफ्नो पार्टनरलाई नराम्रो लाग्न सक्छ ।