ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रदेश नं १ मा सात हजार २२६ किमि सडक विस्तार गरिने” शीर्षकको समाचार छापिएको छ । प्रदेश नं १ को सरकारले रु २०४ अर्बको लागतमा आगामी १० वर्ष्भित्र सात हजार २२६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा मंगलबार आयोजित ‘सडक सञ्जाल गुरुयोजना सन् २०२०–३०’ सार्वजनिक कार्यक्रममा सो जानकारी दिइएको हो । प्रदेशअन्तर्गतका १३७ स्थानीय निकायका केन्द्रसम्म सडकको पहुँज पु¥याउन आगामी १० वर्ष्भित्र सडक खण्डले सेवा पु¥याउने जनसंख्यालाई प्रमुख मापदण्ड बनाइ सडकको प्राथमिकिकरण गरिएको छ । विस्तार गरिने सडकमा प्रादेशिक लोकमार्गअन्तर्गत एक हजार ७१७ किमि दुई लेनको कालोपत्र नयाँ निर्माण वा स्तरोन्नति, सहायक प्रादेशिक लोकमार्ग दुई हजार ७८६ किमि मध्यम लेन कालोपत्रमा स्तरोन्नति र अन्य प्रादेशिक ८३ किमि ग्रावेलस्तरको हुनेछ । तराई र पहाडमा जनघनत्वको विवरण फरक भएकाले दुवैको छुट्टै प्राथमिकीकरणका आधारमा विस्तार गरिने भएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष सडक निर्माणमा रु आठ अर्ब खर्च गर्ने भएकाले पाँच प्रतिशतको वार्षिक वृद्धिले आगामी दश वर्षमा १०५ अर्बको खर्च देखिन्छ भने अपुग ९९ अर्ब दातृ निकायको सहयोग लिइने भएको छ । प्रदेशअन्तर्गतका प्रादेशिक लोकमार्गका सडक ४४, सहायक लोकमार्ग ११२ र अन्य प्रदेशक सडक १५६ रहेका छन् । उक्त सडकलाई तोकिएको स्तरमा पु¥याउने ४६० सडक पुल निर्माण एवं मर्मत सम्भार गर्नुपर्ने छ । प्रदेशअन्तर्गतका प्रत्येक १५ किमिमा एक पुल हुने भएको जम्मा ४६० पुलमध्ये १३० को कार्य भइरहेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “मजदुरको आन्दोलन स्थगित” शीर्षकको समाचार छापिएको छ । श्रम ऐन अनुसार सेवा सुविधा माग राख्दै आन्दोलित मजदुरको माग सम्बोधन गर्ने सहमति भएपछि बागमती प्लास्टोटेक इण्डष्ट्रिज प्रालि सञ्चालनमा आएको छ । विराटनगरस्थित बागमती प्लास्टोटेकका मजदुरहरुले विभिन्न १३ बँुदे माग राख्दै आन्दोलन गरेपछि विगत ९ दिनदेखि उद्योग पुर्णरुपमा बन्द भएको थियो । बागमती प्लास्टोटेकका व्यवस्थापन पक्ष र मजदुरबीच सम्झौता भएपछि आन्दोलन स्थगित भएको हो । सरकारले तोकेको सेवा सुविधा दिने र निष्कासित मजदुरलाई पुनः काममा फर्काउने लगायतका सम्झौता व्यवस्थापक अमित राठीसँग भएको समाजवादी ट्रेड युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “अखाद्य तरकारी र फलफुल भन्सारमै बन्द” शीर्षकको समाचार छापिएको छ । भारतबाट आयात हुने दुई वस्तुमा विषदीको मात्रा खानै अयोग्य भए फिर्ता पठाइने गरिएको छ । अहिले पूर्वका चारवटा भन्सारबाट आयात हुने तरकारी र फलफुलको विषादी विर्तामोडमा परिक्षण भइरहेको छ । पूर्वको मेची भन्सार, भद्रपुर, विराटनगर र सुनसरीको भण्टाबारीबाट आयात हुने तरकारी र फलफुलमा विषादीको मात्रा परिक्षण गरेर खान योग्य भएमात्र नेपाल आयात गर्न दिइने भन्सार कार्यालयले जनाएका छन् । झापाको विर्तामोडमा रहेको विषादी अन्वेषण द्रुत विष्लेशण प्रयोगशालाको रिपोर्ट पछि मात्र नेपाल प्रवेश गर्न नदिने निर्णय हुने गरेको मेची भन्सारले जनाएको छ ।