औजार : आजको औजार दैनिकमा “माइमेला भव्य रुपमा सम्पन्न” शीर्षकको समाचार छापिएको छ । शिवसताक्ष्ी नगरपालिका झापाको प्रसिद्ध धार्मिक स्थल माईधारमा लागेको यस वर्षको माइबेनी मेलामा मक्कर संक्रान्ति नुहाउन तथा मेला भर्न नेपाल र भारतका लाखौं भत्तजनहरुको सहभागीतामा मेला भव्य रुपमा सम्पन्न भएको छ । माइमेला आयोजक मुल व्यवस्थापन समितिको पहलमा भएको मकर संक्रान्तिको माइमेलामा लाखौं श्रद्धालु भत्तजन, व्यापारी खेलप्रेमी लगायत माई भ्रमणमा सहभागिता भएको आयोजक समितिले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को आगमण भएसँगै वर्ष २०२० को गत वर्षको तुलनामा यस वर्षको मकर स्नान तथा माईमेला भ्रमणमा श्रद्धालु भक्तजनका साथै आन्तरिक तथा बाह्य पर्यटनको सहभागिता समेत वृद्धि भएको स्थानीयहरुको भनाइ छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “वीपी प्रतिष्ठानमा उपकुलपति बन्ने दौड शुरु” शीर्षकको समाचार छापिएको छ । अन्तर्राराष्ट्रिय पहिचान बनाएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको चार प्रमुख पदमध्ये उपकुलपति र रजिष्टार पदका आकांक्षीहरु ब्ढेका छन् । गत साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन उपकुलपति प्रा.डा. राजकुमार रौनियार, रजिष्टार तुलबहादुर श्रेष्ठलगायतलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेपछि निलम्बनमा परेका थिए । त्यसयता प्रतिष्ठानमा अस्पताल निर्देशकबाहेक, कार्यबाहक उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टारको कार्यभार शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले सम्हाल्दै आएका छन् । गत पुष २५ गते प्रतिष्ठानको ४३ औ सिनेट बैठकमा सहकुलपति स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उपकुलपति नियुक्तिका लागि कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री संयोजक रहने गरी ३ सदस्यीय सिफारिश समिति गठन गरिसकेको जानकारी दिएका थिए । प्रतिष्ठानको उपकुलपति सिफारिश गर्ने समितिका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा र अर्थ मन्त्रालयका सचिव राजन खनाल रहेका छन् । स्वास्थ्यमन्त्री ढकालसहितको तीन सदस्यीय समितिले प्रम ओलीसमक्ष सम्भावित उपकुलपतिको नाम सिफारिशको आधारमा एकमहिनाभित्र प्रातिष्ठानले नयाँ उपकुलपति पाउने प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए । प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा शिक्षाध्यक्ष प्रा.डा गुरु खनाल आफै लबिङ गरिरहेका छन् । उनी पूर्व माओवादी रहेकाले पुष्पकमल दाहालको नजिकका मानिन्छन् । उनी हाडजोनी विभागका चिकित्सक हुन् । पछिल्लो समयमा नेकपानिकट मानिएका हाल ग्राण्डि अस्पतालमा कार्यरत डा. अर्जुन काकी पनि प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा छन् । उनीसंग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएर काम गरेको अनुभव छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “सिद्धबाबा बलात्कार प्रकरणः मुद्दाको पेशी स्थगित” शीर्षकको समाचार छापिएको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा सिद्धबाबा भनिने कृष्ण बहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गरिदिएपछि उच्च अदालतमा पुगेको मुद्धाको पेशी स्थगित भएको छ । उच्च अदालत विराटनगरले बिहीबार जिल्ला अदालतको आदेश विरुद्ध परेको निवेदनका लागि पेशी तोकेको थियो । अदालतका कायम मुकायम मुख्य न्यायधिश प्रेमराज कार्की र न्यायधिश हरिप्रसाद बगालेको इजलाशमा परेको पेशी समय अभावका कारण स्थगित भएको हो । समय अभावका कारण स्थगित भएको हो । समय अभावका कारण स्थगित भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र बाबु थपलियाले बताए । उनका अनुसार आउँदो विहीबार सम्मका लागि पेशी सरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रतयेक विहीबार गर्दै आएको छ ।