धरान : कोरोना महामारी पछिको पहिलो पटक धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा आज भक्तजनको ठुलो घुइँचो लागेको छ ।

Budha-Subba-3

आज बिहान पौने सात बजे देखि एकाएक सुरु भएको भक्तजनको घुइँचो बुढासुब्बा मन्दिरको गेट देखि बाहिर सम्ममै भक्तजनको लाइन पुगेको थियो । कोरोना महामारीको कारण भएको लकडाउन पछि पहिलो पटक यसरी भक्तजनहरूको ठुलो घुइँचो लागेको श्री बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षक परिषदका उत्तम आलेले बताए ।

Budha-Subba-5

बुढासुब्बा मन्दिरमा वर्षको चैत र कार्तिक महिनामा भक्तजनहरू बढी आउने भए पनि आज दशैको महानवमी परेकोले असोजमै भक्तजनको ठुलो भिड बढेको हो ।

Budha-Subba-2

बुढासुब्बामा निशानको विशेष पूजा
बुढासुब्बा मन्दिरमा आज बुढासुब्बाको निशानको विशेष पूजा सम्पन्न भएको छ ।

बुढासुब्बा मन्दिर देखि नजिकै पुजारीको घर परिसरमा रहेको निशान घरबाट निशान निकाली बुढासुब्बा मन्दिरमा लगी विशेष पूजा गरिएको छ ।

बुढासुब्बाको दुई वटा निशानको विशेष पूजा वर्ष दुई पटक वैशाखे पूर्णिमा र दशैको महानवमीका दिन गर्ने गरिन्छ ।

Bidhasubba-ko-Nisan-1 Bidhasubba-ko-Nisan-2 Bidhasubba-ko-Nisan-3 Bidhasubba-ko-Nisan-4 Bidhasubba-ko-Nisan-6 Bidhasubba-ko-Nisan-5