धरान  : यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्वको साइतसम्बन्धी विवरणअनुसार बुधबार यमद्वितीया तथा भाइटीका मनाइनेछ।

समितिका अनुसार भाइटीकाका दिन दाजुभाइले पश्चिम फर्केर र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउनुपर्नेछ।

शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहे पनि दिनभर जुनसुकै समयमा टीका लगाउन सकिने समितिले जनाएको छ।

panchanga notice