धरान : नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा धरान उपमहानगरपालिकाले दुई दिन फोहोर सङ्कलन नगर्ने भएको छ।

उपमहानगरपालिकाको कार्यालयले सूचना जारी गर्दै २०८३ कात्तिक २५ गते बुधवार (भाइटिका) र कात्तिक २६ गते बिहीबार फोहोरमैला सङ्कलन कार्य नहुने जनाएको हो।

उपमहानगरपालिकाका वरिष्ठ वातावरण अधिकृत भेषराज घिमिरेद्वारा जारी सूचनामा ती दुई दिन मुख्य बजार क्षेत्र तथा सडक किनारमा फोहोर ननिकाल्न नगरवासीलाई अनुरोध गरिएको छ।

तिहारको अवसरमा नगरवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।

Phohor Notice