धरान : एलाइनेट जिम धरानको १७ औं आयोजनामा तेस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रव्यापी शारिरिक सुगठन प्रतियोगिता २०७६ हुने भएको छ ।

आगामी फागुन ३० देखि चैत्र १ गतेसम्म धरान ८ स्थित रहेको सभागृह भवनमा ‘तेस्रो नेपाल च्याम्पियन २०७६’ प्रतियोगिताको आयोजना गर्न लागिएको आज (मङ्गलबार) धरानमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संस्था एलाइनेट जिम धरानले जानकारी गराएको हो । एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बुले प्रतियोगिताको पहिलो दिन प्रिजजिङ्ग राउण्डमा एक वजन समूहबाट जम्मा ६ जनामात्र खेलाडी छनौट गरिने गरिनेछ भने प्रत्येक वजन समूहबाट जम्मा ६ वटा वजन समूह गरि जम्मा ३६ जना खेलाडीहरु मात्र फाइनल प्रतियोगितामा समावेश गरिने बताए ।

उनका अनुसार फाइनल प्रतियोगितामा प्रत्येक वजन समूहका खेलाडीहरुलाई प्रतिस्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो, पाचौं र छैटौंसम्म छनौट गरिनेछ । सोही वजन समूहका प्रथम विजयीहरुलाई मात्र पुनः ओभरल राउण्डमा समावेश गरिने अध्यक्ष लिम्बुले जानकारी दिए । उनले भने, ‘ओभरल राउण्डमा जम्मा छ जना विजयी मात्र पुग्नेछन् ।’ विजयी खेलाडीहरुलाई पुनः प्रतिष्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं विजयी छनोट गरिनेछ । ओभरल राउण्डका प्रथम विजयी खेलाडीलाई तेस्रो नेपाल च्याम्पियन २०७६ घोषणा गरिने उनले बताए । त्यसैगरी दोस्रो र तेस्रो खेलाडीहरुलाई क्रमशः रनरअप घोषित गरिनेछ भने चौथो, पाँचौ र छैठौलाई शान्त्वना घोषित गरिने उनले जानकारी गराए ।

nepal-champion

विगतका वर्षमा प्रतियोगिताको क्याटोगोरी ५ थियो भने यस वर्ष ६ बनाइएको छ । प्रतियोगितामा क्रमशः ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी वजन समूहको रहने आयोजकले जनाए । आयोजक अनुसार प्रत्येक वजन समूहका प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई ट्रफि, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी ओभरल समूहमा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाचौ र छैठौं हुनेलाई क्रमशः नगद २,५०,०००, १,००,०००, ५०,०००, ४०,०००, ३०,०००, र २५,००० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै इन्डिभिज्युल विजेताहरुलाई जनही ५,००० नगद प्रदान गरिनेछ भने जस बेस्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ शिर्षक पर्ने आयोजकले जनाए । उक्त प्रतियोगितामा सहभागि हुन खेलाडीलाई जनही १ हजार रुपैयाँ लाग्ने छ । प्रतियोगितामा ५० देखि ६० जना खेलाडीहरुले भाग लिने आयोजकले जनाएको छ ।

उक्त संस्थाको प्रतिभाशाली खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन अबसर दिन, शारिरिक सुगठन खेलको विकास र विस्तारमा योगदान पुर्याउन, खेलाडीको आर्थिक अवस्था वृद्धि गर्न, स्वास्थ्य नै धन हो भन्ने उक्तीलाई जनमानसमा पुर्याउन, खेल जगतसँग प्रायोजकको सम्बन्ध विकास गर्न, हालको युवा पिढीमा भएको विकृति र विसंगतिलाई खेलको माध्यमबाट निर्मुल गर्न तथा राष्ट्रको लागि स्वास्थ्य नागरिक सृजना गर्ने लगायत कुरालाई मध्यनजर गर्दै यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य रहेको पत्रकार सम्मेलन मार्फत प्रष्ट्याए ।

एलाइनेट जिमका सचिव हिमाल श्रेष्ठले यस सुगठन प्रतियोगितालाई राज्य लगायत विभिन्न संघसंस्थाले बेवास्ता गरेको बताए । यस्ता प्रतियोगिता आयोजना गर्न आन्तरिक र साना सहयोग मात्र भएको दिल खोलेर सहयोग नगरेको सचिव श्रेष्ठले धारणा व्यक्त गरे । यस प्रतियोगिता आयोजना गर्न धरान उपमहानगरपालिका, धरान सिंघक समाज (हङकङ), धरान हङकङ मञ्च, धरान पाङ्मा समाज (हङकङ), धरान ८ समाज (हङकङ), धरान १७ समाज (हङकङ) लगायतले सहयोग गरेको आयोजकले जनाए । झापाका रामबहादुर दाहाल प्रथम नेपाल च्याम्पियन बनेका थिए दोस्रो पनि झापाकै ललित धिमाल नेपाल च्याम्पियन बनेका थिए ।