धरान : हराइजन राष्ट्रिय बास्केटबल प्रतियोगिताको संस्थापक र सञ्चालक हराइजन क्लब धरान-१७ को बिहीबार चौथो अधिवेशन सम्पन्न भएको छ ।
हराईजन बास्केटबल मैदानमा भएको अधिवेशनले अध्यक्षमा कबिन थापा मगरलाई सर्वसम्मतिले चयन गरेको छ । अधिवेशनले थापाकै अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिमा उपाध्यक्ष साजन राई, सचिव विशालहाङ्ग राई, सहसचिव रोनिश काफ्ले, कोषाध्यक्ष नाम्सारा मगर रहेका छन् । सदस्यहरूमा अमृत राई सन्दीप, सर्वधन राई, मन बहादुर दर्जी, आकृती लिम्बु, सम्योग राई, सेनिता लिम्बु छन् ।
नवगठित कार्यसमितिलाई शुभकामना प्रकट गर्दै प्रमुख अतिथि धरान १७ का वडा सदस्य लक्ष्मण राईले बास्केटबलको विकासमा हराईजन क्लबले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउँदै क्लबको वार्षिक कार्यक्रमका लागी थप आवश्यक सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए ।
क्लबका निवर्तमान अध्यक्ष श्रीभक्त राईले क्लबको बैठक खाता, छाप सहित हस्तान्तरण गर्दै क्लबलाई हालसम्म दाता र शुभचिन्तकहरुकै साथ सहयोगमा सञ्चालन हुँदै आएको क्लब मात्र एक सिङ्गो समुदाय रहेको बताए ।
क्लबकी निवर्तमान उपाध्यक्ष पञ्चकला राईले हराइजन बास्केटबल प्रतियोगिता क्लबको इतिहास र प्रतिष्ठाको विषय भएकोले यसको निरन्तरतामा नयाँ कार्यसमिति केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।
श्री मावि विद्यालय व्यवस्थापनका निवर्तमान अध्यक्ष मदन राई, अभिभावक मसिने राई, र धनकुमारी राई लगायतले नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गरे ।
नवनिर्वाचित अध्यक्ष कबिन थापा मगरले हराईजन क्लबमा रहेका प्रतिभाहरूलाई पहिचान गर्दै उनीहरूका लागि अवसर सिर्जना गर्ने, सामूहिक भावना लिएर नवगठित कार्य समिति अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।








































































