धरान : धरान-१३ स्थित नेपाली सेनाले तयार पारेको क्वाारेनटाईनमा बसेकाहरूको आज सोमबार कोरोनाको र्‍यापिड टेस्ट गरिएको छ ।

धरान-१३ को सैनिक आवासीय महाविद्यालयमा रहेको क्वारेनटाईनमा राखिएका ८ जनामा र्‍यापिड टेस्ट गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट र्‍यापिड टेस्ट गर्ने १ सय थान किट धरान उपमहानगरपालिकालाई पठाएको छ ।

Reyapid-Test-3

जस अनुसार आज सोमबार सैनिक स्कुलकाे क्वारेनटाईनमा बसेकाहरुमा कोरोना टेष्ट गरिएको हो । भोली मंगलबार धरानमा विदेशबाट आएका १ सय २५ जनामा र्‍यापिड टेष्ट गरिने धरान उपमहानगरपालिकाले जनाएको छ ।

यसैगरी वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना हेल्प डेक्समा २ सय ७३ जना कोरोना परिक्षण गर्न आईपुगेका छन् ।

Test-Report

जसमध्ये ३६ जना सरकारी क्वारेनटाईनमा र २ सय २२ जना होम क्वारेन्टाईनमा रेफर गरिएको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।

यसैगरी कोरोना परिक्षणका लागि थ्रोट स्वाबको नमुना लिईएका सबैको रिपोर्ट आएको छ । जस मध्ये १ सय ८३ जनाको परिक्षण गरिएकोमा सबैको कोरोना नभएको रिपोर्ट आएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।