धरान : तिजको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसले ५० जना ग्रामीण महिलालाई साडी उपहार प्रदान गरेको छ ।

काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिद्वारा धरान-१७ पटनालीमा आयोजित तीज विशेष कार्यक्रममा ग्रामीण समुदायका महिलालाई साडी वितरण गरिएको हो ।

कार्यक्रममा सत्य भजन कीर्तन मण्डली र आदर्श भजन कीर्तन मण्डली परिवारका सदस्य महिलालाई साडी वितरण गरिएको हो । उक्त अवसरमा सहभागीहरूले देउडा गीत, तीज नृत्य प्रदर्शन गरेका थिए । ज्येष्ठ नागरिक तथा सामाजसेवीहरुलाई सम्मान गरियो ।

प्रमुख अतिथि काँग्रेस प्रदेश महामन्त्री उमेश थापा रहेको कार्यक्रममा नपाली काँग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र प्रदेश सांसद ममता तामाङको उपस्थितिमा थियो । अध्यक्षता क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गरेका थिए ।

सुनसरी जिल्ला समन्वय समिति सदस्य शेषकुमारी घिमिरे, काँग्रेस प्रदेश सदस्य गणेश परियार, जिल्ला सचिव माधव घिसिङ, वडा सभापति सुरज कार्की, कीर्तन मण्डल अध्यक्षव्दय तारा खत्री, भोजकुमारी अधिकारीले मन्तव्य प्रकट गरेका थिए । सञ्चालन संयोजक महेन्द्र तामाङको गरेका थिए ।