धरान : वराहक्षेत्र-६ चिलिया टाप्पुका ४५ वर्षीय गङ्गाराम यादवको हिजो आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आफ्नो घरको पानी खाने कलमा जडान भएको विद्युतीय मोटरको तार जोड्दा अचानक उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागे लगत्तै उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।