धरान : झापाको कमल गाउँपालिका-५ का २१ वर्षीय दीपेन्द्र ताजपुरिया लागुऔषध ब्राउनसुगर सहित झापाको गौरादह-३ बाट पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार ताजपुरियालाई आइतबार राती ८ बजेको समयमा इलाका प्रहरी कार्यालय गौरादहको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गौरीगञ्जबाट दमक तर्फ आउँदै गरेको को २७ प ३५४९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।