वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा सक्रिय चक्रघट्टी जेसीजले तेस्रो 'वराहक्षेत्र रन'को आयोजना गर्ने भएको छ ।

'दौडन्छ वराहक्षेत्र' नारा दिएर चक्रघट्टी जेसीजले वराहक्षेत्र रनको आयोजना गर्न लागेको हो। प्रतियोगिताबारे मङ्गलवार आयोजक चक्रघट्टी जेसीजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं.४ सुनसरी पुलदेखि कालाबञ्जर हुँदै नडाहा पुगेर पुनः कालाबञ्जरको रुट तय गरेको उक्त रन भाद्र २२ गते शनिवार बिहान आयोजना हुने चक्रघट्टी जेसीजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

वराहक्षेत्र नगर स्तरीय आयोजना हुने उक्त प्रतियोगितामा सहभागीले ८.८ किलोमिटरको दुरी पार गर्नु पर्नेछ ।

तेस्रो 'वराहक्षेत्र रन' कार्यक्रम संयोजक गोबिन्द्र साहका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ८ हजार ५ सय, द्वितीय पुरस्कार ५ हजार ५ सय र तृतीय पुरस्कार ३ हजार ५ साथै प्रमाण पत्र टिसर्ट रहेको छ ।

वराहक्षेत्र रन रहित चक्रघट्टी जेसीजले जेसीज सप्ताह अन्तर्गत मैत्रीपूर्ण फुटबल प्रतियोगिता, स्वागत तथा धन्यवाद बोर्ड, वक्तृत्वकला, सडक नाटक, पुरस्कार वितरण लगायतका कार्यको आयोजना गरेको मूल कार्यक्रम संयोजक धनराज कार्कीले जानकारी दिए ।