विराटनगर : विराटनगर-३ स्थित पोखरीया माविको कक्षा १० की छात्रा १६ वर्षिया सङ्गीता मुर्मुले आज सोमवार बिहान स्कुलको २ तला माथिबाट हाम फालेकी छन् ।

हाम्फाल्दा गम्भीर घाइते भएकी उनको नोबेल अस्पतालमा उपचार भइरहेको विद्यालयका प्राचार्य खेमराज भट्टराईले बताएका छन् ।

उनका अनुसार उनको शरीरमा बाहिर चोट पटक नदेखिए पनि आन्तरिक स्वास्थ्य अवस्थाका बारेमा ल्याब रिपोर्टहरू आएपछि मात्र थाहा हुने अस्पतालले जनाएको छ ।

पारिवारिक स्थितिका कारण छात्रा मुर्मुमा मानसिक समस्या देखिँदै आएको प्राचार्य भट्टराईले बताए ।

विराटनगर १ भट्टाचौककी सङ्गीता आमा गीतादेवीलाई बुवाले छोडेर गएपछि आमासँग बस्दै आएकी छन् । उनले यस अघि पनि शिक्षक शिक्षिका र साथीहरूलाई हाम फाल्ने कुरा आएकी थिइन् ।

संगिताको बुबाले आमा छोडेर गएपछि आमा गीतादेवी मुर्मुसँग बस्दै आएकी उनमा मानसिक समस्या रहेको स्कुल प्रशासनले जनाएको छ ।