धरान : विद्यालय तहका छात्रछात्राहरू बिच गायन प्रतिस्पर्धा गराइने धरान स्कुल सिङ्गीङ् च्यालेञ्ज २०८१ को पहिलो सिजनका लागि ४० जना चयन भएका छन् ।

सहिद स्मृति माविमा बुधवार भएको पहिलो अडिसनबाट उनीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन । प्रतियोगिता र्याडीकल लाइट नेपाल धरानले आयोजना गरेको हो ।

दोस्रो चरणमा प्रवेश गर्नेहरूमा पञ्चकन्या माविका सागर राई र कृष्टिना रानामगर, लोटस इङ्लिस स्कुलका करन राई, हिबिस्कस बोर्डिङका सबिन बोहोरा, निवाप्रमी लिम्बु र रेश्मा तामाङ छन् ।

विष्णु मेमोरियलकी आकृति खाति, नबोदय विद्या मन्दिरका एल्बिन श्रेष्ठ, सियोन स्कुलका रोहन श्रेष्ठ र सोनिया राई, सुनाखरी एकेडेमीका रोबन राई, जेशिका राई र अरमान श्रेष्ठ छन् ।

ज्ञानकुन्ज रेशिडेन्सियल स्कुलकी सृष्टि तामाङ, स्मृति बस्नेत, प्रिया राई र माट्रीना राई दोस्रो चरणमा प्रवेश गरेका छन् ।

शिक्षा सन्देश बोर्डिङकी सेसेना लिम्बु, स्मृति राई, लोब्युस धमला र अभिषेक रसाइली, देउराली चिल्ड्रेन एकेडेमीका सबिन बिक, त्रियन्सा घिमिरे, स्मारिका गजमेर र पावल देवान दोस्रो चरणमा प्रवेश गरेका छन् ।

यस्तै सहिद स्मृति माविका सोहन बराइली, सामुयल सिवा र पद्मामाया लिम्बु, नेपाल पुलिस स्कुलकी खुसीका दाहाल र मानबि गुरुङ, बुद्ध आदर्श बोर्डिङका सुन्नीमा राई, डिपोट स्कुलका निम्तेन्जि तामाङ, स्वनिम बिक, नायुमा राई, सगल राई र प्रज्ञा राई छन् ।

केके इन्टरनेसनल स्कुलका कृषा रामदाम, जेनिथ इङ्लिस स्कुलका एरोन लिम्बु, इस्मान बिक र रिजोई लिम्बु र पब्लिक मावि फुस्रेका ह्यापियस लिम्बु दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा धरानका १७ सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्रा सहभागी थिए । कक्षा १० सम्मका ५१ जना बिद्यार्थीहरुले अडिसनमा सहभागी थिए ।

आयोजक अध्यक्ष तीर्थ कार्कीले विद्यार्थीमा भएको गायन प्रतिभा प्रष्फुटनको अवसरका रूपमा प्रतियोगिता आयोजना गरिएको बताए । दोस्रो चरणको प्रतियोगिता भदौ २५ गते मङ्गलवार सहिद स्मृति माविमै हुने बताइएको छ ।

प्रतियोगिताका निर्णायकहरूमा म्युजिक कम्पोजर, गायक प्रशान्त शर्मा र सङ्गीत प्रशिक्षक विनायक राई छन् । दोस्रो चरणमा प्रतियोगीले ट्र्याकमा गीत गाउनु पर्ने निर्णायक राईले बताए ।

प्रतियोगितामा विजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई नगद १० हजार, ५ हजार, ३ हजार, ट्रफी, मेडल प्रदान गरिने छ ।radical-light-singing