धरान : काठमाडौँ स्थित एन्फा प्रधान कार्यालयको मैदानमा चलिरहेको एन्फा महिला लिग फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा कोशी प्रदेश फुटबल टिमले दोस्रो पटक जीत हासिल गरेको छ ।

उक्त खेलमा कोशी प्रदेशले बाग्मती यूथ क्लबलाई २-१ अङ्कले पराजित गरेको हो । यो जीत सँगै ६ अङ्कले कोशी प्रदेश शीर्षस्थानमा पुगेको छ । बाग्मती पहिलो पराजयसँगै ३ अङ्कमा छ ।

पहिलो खेलमा कोशीले वालिङ नगरपालिकालाई ४-० पराजित गरेको थियो । बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५–१ ले पराजित गरेको थियो ।

खेलको २६ औँ मिनेटमा बाग्मतीले विष्णुमायाको गोलबाट अग्रता लिएको थियो । बाग्मतीको अग्रता लामो समय टिकेन । तेस्रो मिनेटमा कोशीकी समीक्षा मगरले गोल गर्दै कोशीलाई बराबरीमा ल्याइन् ।

उक्त गोलको २ मिनेटमा कोशीकी सुनीता सरकारले लामो दुरीबाट गरेको प्रहार बाग्मतीकी गोलकिपर करुणा बुढाथोकीले गोल हुनबाट बचाइन् ।

५५ औँ मिनेटमा बागमतीकी कप्तान दिव्या अस्माली मगरबाट आत्मघाती गोल हुँदा कोशी प्रदेश २-१ विजयी बन्यो । त्यसपछिको खेलमा दुवै तिरबाट गोल थपिएन ।