धरान : नेपाली काँग्रेस पन्ध्रौँ महाधिवेशनको पूर्वसन्ध्या भएको पार्टी सङ्गठनको चुनावमा सुनसरी १ मा भएको नगर, प्रदेश र क्षेत्रीय समितिको निर्विरोध निर्वाचन सम्पन्न भयो । त्यसमध्ये क्षेत्रीय सभापति र प्रदेश अधिवेशन प्रतिनिधिको भने चुनाव भएको थियो ।

प्रदेश प्रतिनिधिको निर्वाचनमा प्रदेश सभा १ (क) खुल्लाबाट उमेश पौडेल, चुडामणि निरौला, जितेन्द्र राई, यज्ञमणि आचार्य (द्वारिका), विजय बस्नेत, विजय श्रेष्ठ, शङ्कर पाण्डे, हरि प्रसाद ओझा निर्वाचित भएका छन् ।

यसैगरी खुल्ला महिलाबाट भावना चित्रकारी, विष्णुमाया गुरुङ, पेशागत देवेन्द्र बहादुर लिम्बु, युवा खुल्लाबाट सनिक श्रेष्ठ (मल्ल), युवा महिला निमा तामाङ, श्रमिक दिल बहादुर तामाङ (धर्म), प्रजातन्त्र सेनानी बम बहादुर तामाङ, अल्पसङ्ख्यक सुशील अग्रवाल, दलित निरज गदाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभा १(ख) बाट प्रदेश अधिवेशन प्रतिनिधिमा खुल्लाबाट गोपाल कार्की, चन्द्र बहादुर बस्नेत, प्रेम कुमार बस्नेत, महेन्द्र बहादुर कार्की, विज्ञान लिम्बू, सन्तोष श्रेष्ठ, सुरेन्द्र राई, हरिकृष्ण भट्टराई विजयी घोषित भएका छन् ।

यसैगरी श्रमिकबाट मनोज तामाङ, खुल्ला महिला (खुल्ला) पुष्पा थापा, मिना श्रेष्ठ, पेसागत विज्ञ बुद्धि बहादुर कटुवाल, युवा महिला अनिता धामी, अपाङ्गता अमर बहादुर विश्वकर्मा, प्रजातन्त्र सेनानी माधव घिसिङ, दलित रोजन रणपहेली, अल्पसङ्ख्यक प्रदीप नाछिरिङ राई निर्विरोध निर्वाचित भएका छन् ।

आदिवासी समानुपातिकमा टङ्क प्रसाद गुरुङ, समानुपातिक थारु मुस्लिमबाट सरिता चौधरी, समानुपातिक खस आर्य मुरारी प्रसाद भट्टराई, खस आर्य महिला सविना घिमिरे, समानुपातिक महिला गोरिया धामी निर्विरोध निर्वाचित भएका छन् ।