धरान : धरान १६ स्थित नौलो बस्ती नजिकै सर्दु खोलामा एक जना पुरुष आज मृत फेला परेका छन् ।

नौलो बस्ती नजिकैको सर्दु खोलाको किनारामा सामान्य पानीमा डुबेको अवस्थामा शव भेटिएको थियो ।
धरान ११ गैरीगाउमा सानिमाकोमा १ वर्ष देखि बस्दै आएका मृतकको घर झापाको बिर्तामोड ३ का बासिन्दा ३७ वर्षीय दिलीप खत्री रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

प्रहरी निरीक्षक ओलीका अनुसार सामान्य पानीमा खोलाको किनारामा घोप्टो परेको अवस्थामा भेटिएको र मुचुल्का उठाई अहिले शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको प्रहरीले बताएको छ ।

मृतक घोप्टो अवस्थामा फेला पर्नुका साथै कुनै घाउ चोट नभएको पाइएको प्रहरीले बताएको छ । मादक पदार्थ बढी सेवन गर्ने भएकोले पानीमा मातेर डुबेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान प्रहरीले गरिरहेको बताएको छ ।