झापा : झापाको शिवसताक्षीमा आजदेखी सताक्षी गोल्डकप फुटबल प्रतियागिताको तेस्रो संस्करण सुरु हुँदैछ । सताक्षी गोल्डकपको तेस्रो संस्करण अन्तर्गतको प्रतियोगिताको उद्धघाटन खेलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबको सामाना गर्ने छ ।

सताक्षीधाम स्पोर्टिङ क्लब झापाले आयोजना गरेको प्रतियोगिता दिउँसो २ बजे गणेशमान शिह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सुरु हुनेछ । ए डिभिजन क्लबसहित आठ वटा नाम चलेका क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् ।
गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।

त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०/२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता ११ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।