धरान : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ भने संक्रमितको संख्या २६ लाख नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको छ ।
यस्तै भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।
संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जनाको उपचार भइरहेको छ ।