धरान : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ ।

एयर इन्डियाको जहाजबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ल्याईपुर्याईएको हो । सरकारले सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाउने जनाएको छ । खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरु हुन्छ खुलाइएको छैन ।

भारतमा अहिले कोरोनाविरुद्धको दुई वटा खोप उत्पादन भइरहेको छ । अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत बायोटेकको अर्को खोप भारतमै बनेको हो ।