सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारीको रूपमा हुमकला पाण्डे आउने भएकी छिन् । उनी यसअघि काभ्रेपलान्चोक जिल्लामा कार्यरत थिइन ।

गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेसँगै पाण्डे सुनसरी आउन लागेकी हुन् । अहिले रहेका इन्द्रदेव यादव सर्लाही सरुवा भएका छन् ।

गृहमन्त्री स्तरीय निर्णयअनुसार राजपत्राङ्कित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।