झापा : झापाका वरिष्ठ पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको साेमबार अन्त्येष्टी गरिएको छ ।

लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार श्रेष्ठको आईतवार अपरान्ह् पौने ६ बजेतिर मेचीनगर १० धुलावारीस्थित निजी निवासमा निधन भएको हो ।

उनको साेमबार स्थानीय निन्दा खोलामा अन्त्येष्टी गरिएको हो । पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो ।

हस्पिटलबाट घर पुर्याएको केही घण्टामै उनको निधन भएको थियो । रासस भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै थिए । उनका थुर्पै साहित्यिक रचना प्रकाशित छन् । उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।