विराटनगर : नेपाल टेलीकमको तार चोरी गर्ने ४ जना विराटनगर-४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन ।

पक्राउ पर्नेमा विराटनगर-६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र १९ बर्षीय सुमित सहनी रहेका छन । असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी भएको उजुरीसंगै खोजी कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खोजतलासकै क्रममा हिजो राती ०८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो । साथै उनिहरुले चोरी गरी लगेको नेपाल टेलीकमको १५० पेयरको २२० मिटर केवल तार समेत फेला पारी बरामद गरिएको छ । यसैगरी उनिहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ।

यसरी चोरीएका सामान सहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।