वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित आदर्श सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको ५ दिवसीय उद्घोषण कला तालिमको सम्पन्न भएको छ ।
वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको वराह आदर्श क्याम्पस र आदर्श वराह क्याम्पसका विद्यार्थीहरूलाई उक्त तालिम प्रदान गरिएको थियो ।
बुधवारबाट सुरु तालिम आईतवारसम्म ५ दिनसम्म सञ्चालन भएको थियो।वराह आदर्श क्याम्पसको सभा हलमा आयोजना भएको उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की,सभाध्यक्ष आदर्श सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद गुरागाईँ (गोकुल), वडा नं २ का वडा सदस्य चुनु श्रेष्ठ, प्राध्यापक उदय ठटाल, सुभोत तिमिल्सिना, आदर्श सामुदायिक सिकाई केन्द्रका पदाधिकारीहरूले प्रमाण पत्र वितरण गरेका थिए ।
वराहक्षेत्र नगरपालिकाको सहकार्यमा आदर्श सामुदायिक सिकाई केन्द्रको आयोजना भएको उक्त ५ दिवसीय उद्घोषण कला तालिमको सहजीकरण प्रशिक्षक चन्दा खड्काले गरेकी थिइन।

































































