इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोशी प्रदेश कि कार्यवाहक सभापति गोमा तामाङ (सरिन)ले पार्टी त्यागेको घोषणा गरेकी छिन् । कोशी प्रदेशको प्रथम अधिवेशनको सभापति पदमा पराजित भएसँगै उनले राजनीतिबाट संन्यासको घोषणा गरेकी हुन् । 
सभापतिमा इटहरीका चन्द्र राई विजयी हुने भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘राजनीतिक बिट मारेको बताइन् ।
उनले फेसबुकमा लेखेकी छिन्,"आजबाट राजनीतिक बिट मारे।मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।"
कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा कुल ७०२ मत खसे पनि अन्तिम मत परिणाम आइसकेको छैन ।