धरान : पत्रकार रणध्वज लोहारलाई मिडिया हबका सञ्चालक वीरेन्द्र थापाले दिवङ्गत पिता स्व उदयबहादुर थापाको स्मृतिमा स्थापना गरेको दया बहादुर थापा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 
मिडिया हबबाट सञ्चालित बिटिभी नेपालका सम्पादक नवराज विष्टलाई सम्मान गरिएको छ । साथै समाचार प्रस्तोता मित्रता श्रेष्ठ सम्मानित भएकी छन् । 
उनीहरूलाई उक्त अनलाइनद्वारा आयोजित ब्रेन ब्याटल हाजिरी जवाफ प्रतियोगिताको समापनका अवसरमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले सम्मानित गरेका हुन ।  
सोही अवसरमा मिडिया हबद्वारा आयोजित हाजिरी जवाफ ब्रेन ब्याटलको उपाधि विजेता सिद्धार्थ शिशु सदन स्कुल धरान–१६ लाई पुरस्कृत गरियो । शनिवार भएको फाइनलमा कुल ८० अङ्क जोडेको सिद्धार्थले उपाधि सहित नगद २० हजार रुपैयाँ, ट्रफी प्राप्त गरेको छ । 
प्रतियोगितामा कुल ५० अङ्क प्राप्त एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल दोस्रो भयो । एभेरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाएको छ । ३५ अङ्क प्राप्त गरेको डिपो स्कुल तेस्रो स्थानमा रही नगद १० हजार रुपैयाँ ँसहित ट्रफी र प्रमाणपत्र पाएको छ । 
धरान मोडल स्कुलले सान्त्वना पुरस्कार स्वरूप ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सुनसरी जिलाका २० विद्यालय सहभागी थिए ।
barin-battel