काठमाडौँ : चार्जिङ तथा अडियो प्रविधिमा अग्रणी ब्रान्ड एङ्कर र साउन्डकोरले ‘एङ्कर पावर हंगामा २०२६’ अभियानका विजेताहरूको घोषणा गरेको छ। अभियानअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कार स्वरूप ‘डोङफेङ नाम्मी बक्स’ कार जितेका छन्।
हात्तीसारस्थित अरण्य बुटिक होटलमा आयोजित समापन समारोहमा विजेताहरूको घोषणा गरिएको हो। कम्पनीका अनुसार लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो।
अभियान दुई चरणमा सञ्चालन गरिएको थियो। सहभागी स्टोर तथा दराजमार्फत ३ हजार रुपैयाँभन्दा बढी खरिद गर्ने ग्राहकहरू योजनामा सहभागी भएका थिए।
कारबाहेक दुई वटा रोयल एनफिल्ड हन्टर ३५० मोटरसाइकल, तीन वटा सुनका सिक्का, दुई जोडीलाई थाइल्यान्ड भ्रमण तथा दुई वटा वासिङ मेसिन समेत पुरस्कारका रूपमा प्रदान गरिएको कम्पनीले जनाएको छ।
सेलुसिटी इन्टरनेसनल प्रालिका निर्देशक अनमित्रले ग्राहकहरूको विश्वास र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता आकर्षक अभियान सञ्चालन गरिने बताए।
कम्पनीका अनुसार विजेताहरूको प्रमाणीकरण प्रक्रिया पूरा भएपछि पुरस्कार हस्तान्तरण गरिनेछ।







































































