धरान : नेपाली काँग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बिहीबार धरानमा सम्पन्न बैठकले ६ जनलाई सदस्यमा मनोनयन गरेको छ ।

मनोनयन हुने सदस्यहरूमा धरान-६ बाट कोपिला भट्टराई र झुमा राई, धरान-१५ बाट बलराम थापा, धरान-१ बाट राजु शाह, धरान-२ बाट सुदिप उप्रेती र धरान-१० बाट रत्न बस्नेत रहेका छन् ।

क्षेत्रीय सभापति धनबहादुर कटुवाल सहित सचिव महेन्द्र प्रधान, कोषाध्यक्ष सागर प्रसाईँ जिल्ला सदस्य किशोर राई, गोविन्द दर्नाल तथा क्षेत्रीय सदस्य ललिता अधिकारी, युनेस राना मगर तथा उमेश थापाको उपस्थितिमा भएको बैठकले उनीहरूलाई सदस्यमा मनोनयन गरेको हो ।

बैठकले गणेश परियारलाई कार्यालय सचिवमा मनोनयन गरेको छ ।