धरान : धरान उपमहानगरपालिकामा आज बिहानै २ जना होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार आज मृत्यु भएकाहरूमा धरान १५ बुढासुब्बा चौक बस्ने ७० वर्षीय पुरुष र धरान ८ सहिद रत्न मार्गमा बस्ने अर्को ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

 धरान ८ का ७० वर्षीय पुरुषको मृगौला  सम्बन्धी बिरामी रहेको  बताइएको छ । 

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । दुवै मृतकको शव व्यवस्थापनको तयारी भइरहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।