वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा सुनसरीमा रहेका स्थानिय तहका न्यायिक समितिका बिच अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।

सोमवार वराहक्षेत्र नगरपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरिय न्यायिक समितिको अन्तरक्रिया कार्यक्रममा स्थानिय तहका न्यायिक समितिले आफ्नो - आफ्नो न्यायिक समितिको बार्षिक प्रगति बिवरण प्रस्तुत गरेका थिए ।

वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख तथा नगर स्तरिय न्यायिक समितिकी संयोजक नन्दकुमारी सुनुवारको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुनसरी जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउपालिकाका उपप्रमुख विशिष्ट अतिथि रहेका थिए । बराहक्षेत्र नगरपालिकाको सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा वराहक्षेत्र नगरपालिकाले आफ्नो न्यायिक समिति घोषणा पत्र समेत सार्वजनिक गरेको थियो ।