वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा महिला पत्रकार उत्पादन गर्ने उद्देश्यले आधारभूत पत्रकारिता तालिमको आयोजना गरिएको छ ।
वराहक्षेत्र नगरपालिका आर्थिक सहयोग ग्रामीण पत्रकार समूह वराहक्षेत्रले उक्त तालिम आयोजना गरेको हो ।
ग्रामीण पत्रकार समूह वराहक्षेत्रका अध्यक्ष हिरण्य कुमार कार्कीका अनुसार आईतबार र सोमवार गरी तालिम दुई दिनसम्म सञ्चालन भएको थियो । तालिमको उद्घाटन नगर उपप्रमुख नन्दकुमारी सुनुवारले उद्घाटन गरेकी थिइन।भन्ने सोमवार तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सहभागिताको प्रमाणपत्र वितरण नगर प्रमुख रमेश कार्कीले गरेका थिए ।
ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला पत्रकार तथा पत्रकारितामा रुचि राख्ने विद्यार्थीको सहभागिता रहेको थियो।
तालिमको सहजीकरण संचारिक समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेलले गरेकी थिइन् । तालिममा समाचार लेखन,पत्रकारिताका आधारभूत सिद्धान्त,सञ्चार सीप,अन्तर्वार्ता तथा व्यावहारिक पत्रकारितासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।