धरान : धरान–५ देउरालीबाट ५ ग्राम ब्राउन सुगर सहित ३२ वर्षीय पर्वत दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । 
उसलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोस्ट जोरसखुवा र अस्थायी प्रहरी चौकी देउरालीको संयुक्त टोलीले हिजो शुक्रवार राती साढे ११ बजे गरेको हो ।
पक्राउ परेका दर्जीले लगाएको पाइन्टको दाहिने गोजीमा लुकाएर राखिएको अवस्थामा प्लास्टिक बाहेक ५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट एक थान नोकिया मोबाइल फोन पनि प्रहरीले बरामद गरेको छ ।
दर्जीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।