धरान : धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिकको आज बुधवार भएको उसु प्रतियोगितामा माउन्ट हर्मन स्कुल च्याम्पियन बनेको छ।
 ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ह्याप्पी केयर दोस्रो तथा ओशिस विद्यालय तेस्रो स्थानमा रहे।
प्रतियोगितामा छात्र र छात्रातर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो। छात्रातर्फ माउन्ट हेर्मनका खेलाडीले अधिकांश तौल समूहमा स्वर्ण जित्दै टोलीलाई समग्र उपाधि दिलाए। ह्याप्पी केयरका खेलाडीले पनि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान सुरक्षित गरे।
छात्रतर्फ माउन्ट हर्मनसँगै ओशिस बोर्डिङ स्कुल,पब्लिक हाई स्कुल,सेन्ट जोसेफ, नेपाल पुलिस स्कुल,सदन मावि,लोटस विद्यालय र आदेश माविका खेलाडीले पनि आ–आफ्ना तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भए।
छात्रातर्फ २० केजी तौल समूह अन्तर्गत माउण्ट हर्मनका तानहाङ राई  प्रथम भए । दोस्रो माउण्ट हर्मनकै रिदिया राई दोस्रो भईन ।
२४ केजी तौल समूह हप्पी केयरकी कृति विश्वकर्मा प्रथम, माउन्ट हर्मनकी निमा लिम्बु दोस्रो त्यस्तै ३० केजी तौल समूहतर्फ माउन्ट हर्मनकी सोनिया मगर प्रथम, ह्याप्पी केयरकी लिहाङमा लिम्बु दोस्रो,ह्याप्पी केयरकै रिजा राई  तेस्रो भईन । ३५ केजी तौल समूहतर्फ माउण्ट हर्मनकी सबिना तामाङ प्रथम, ह्याप्पी केयरकी रियान्सी दास दोस्रो र ह्याप्पी केयरकै रोनी राई तेस्रो भईन ।
४० केजी तौल समूह तर्फ माउण्ट हर्मनकी आरोही राई तामाङ प्रथम ,सदन स्कुलकी जोनी राई दोस्रो र हप्पी केयरकी 
आहान गोयल तेस्रो भईन । ४५ केजी तौल समूह तर्फ माउण्ट हर्मनकी सुनु राई प्रथम, माउण्ट हर्मनकै खुसी राई दोस्रो भईन ।
त्यस्तैगरी ४८ केजी समूह तर्फ माउण्ट हर्मनकी मिनिष तामाङ प्रथम, सदन स्कुलकी तायामा राई दोस्रो भईन । भने ५० केजी तौल समूहतर्फ माउण्ट हर्मनकी नाम छु हाङ राई प्रथम, माउण्ट हर्मनकै रिदिमा राई दोस्रो भईन । 
५६ केजी तौल समूह तर्फ माउण्ट हर्मनका निनम्मा राई प्रथम र दोस्रो जोस्ना मगर दोस्रो भईन । ६० केजी तौल समूह तर्फ माउण्ट हर्मनका सभ्यता राई प्रथम, मिन्छा सुनुवार दोस्रो, हेलमो शेख तेस्रो भईन । 
छात्रतर्फको २५ केजी तौल समूह तर्फ माउण्ट हर्मनका अभिषेक पिरले प्रथम,हप्पी केयरका नाइन्जेल गुरुङ दोस्रो,ह्याप्पी केयरकै मिहाङ राई तेस्रो भए । ३० केजी तौल समूहतर्फ माउण्ट हर्मनका अविन चौधरी प्रथम,ह्याप्पी केयरका मोलिवन तामाङ दोस्रो र युवि गुभाजु तेस्रो भए । 
३५ केजी तौल समूह तर्फ सेन्ट जोसेफका कुदहाङ राई प्रथम, माउण्ट हर्मनका अञ्चल दोर्जे तामाङ दोस्रो भए । ४० केजी तौल समूह तर्फ ओशिस बोर्डिङ स्कुलका मौसम विक प्रथम, सदन स्कुलका रिदम राई दोस्रो भए । 
४५ केजी तौल समूह तर्फ ओशिस बोर्डिङ स्कुलका हेमन्त राई प्रथम, लोटस स्कुलका शालभ खड्का दोस्रो भए । ५२ केजी तौल समूह तर्फ ओशिस स्कुलका आयुष मगर प्रथम, नेपाल पुलिस स्कुलका सागर राई दोस्रो र मनसुन राई तेस्रो भए । 
५५ केजी तौल समूह तर्फ पब्लिक हाई स्कुलका मुस्कान राई प्रथम आर्दश माविका रियान राना मगर दोस्रो र वान्स लिम्बु तेस्रो भए ।  ६० केजी तौल समूह तर्फ पब्लिक हाई स्कुलका अमित राई प्रथम ,विमन बुढाथोकी दोस्रो र नेपाल पुलिस स्कुलका मिडसाङ मगर तेस्रो भए । 
समग्र नतिजाअनुसार माउन्ट हेर्मन प्रथम, ह्याप्पी केयर दोस्रो र ओशिस विद्यालय तेस्रो बनेका छन्।