धरान : धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिकको आज मंगलबार भएको ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलहरु  यू–१२, यू–१४ र यू–१६ उमेर समूहका छात्र तथा छात्रातर्फ नयाँ च्याम्पियनको टुंगो लागेको छ।

यू–१२ छात्रातर्फ केके स्कुलकी निहारिका राई प्रथम भइन्। होली ल्यान्ड स्कुलकी अकेशा राई द्वितीय हुँदा सिर्जना सेकेण्डरी स्कुलका रोमिका लिम्बु र जिना लिम्बु  तृतीय भईन।

यू–१२ छात्रतर्फ होली गार्डेन स्कुलका समर्थ श्रेष्ठ प्रथम भए। नेपाल पब्लिक स्कुलका शोयम श्रेष्ठ द्वितीय हुँदा रुशम श्रेष्ठ र सम्झिक हाङ लिम्बु संयुक्त तृतीय स्थानमा रहे। यू–१४ छात्रातर्फ सैनिक र शहीद स्कुलकी आयुषा निरौला प्रथम भइन्। डिपो स्कुलकी सान्भी लिम्बु द्वितीय हुँदा नागसाल तामाङ र सुङ्गभा मगर तृतीय भए।

यू–१४ छात्रतर्फ पब्लिक स्कुलका निशान शेर्पा प्रथम बने। नेपाल पब्लिक स्कुलका मिङ्स लिम्बु द्वितीय हुँदा विष्णु स्कुलका सुभान हाङ चोम्बाङ र नावेद आलम तृतीय स्थानमा रहे।यू–१६ छात्रातर्फ होली ल्यान्ड स्कुलकी एलिना तामाङ प्रथम भइन्। सोही विद्यालयकी सोनिका मगर द्वितीय हुँदा डिपो स्कुलकी मेनिसा तामाङ र कलश राई संयुक्त तृतीय भए।यू–१६ छात्रतर्फ होली ल्यान्ड स्कुलका जोनी श्रेष्ठ च्याम्पियन बने। नावाङ राई द्वितीय हुँदा प्रभात सेकेन्डरी स्कुलका नेम्साङ थापा मगर र शिक्षा सदनका फिलिप तामाङ संयुक्त तृतीय स्थानमा रहे।ब्याडमिन्टन प्रतियोगिताको फाइनलसँगै तीनै उमेर समूहका प्रतिस्पर्धा सम्पन्न भएका छन्।