धरान : सुनसरीको रामधुनी नगरपालिका-६ ईचौलमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको वराहक्षेत्र नगरपालिका ६ चकरघट्टी का २२ वर्षीय मुकेश मल्लाह रहेका छन् । गए राती सवा १० बजे कान्छिचौकबाट कालाबन्जार तर्फ जाँदै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडिको ट्रलीले किचेर गम्भीर घाइते भएका मल्लाहको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको हो ।

ट्याक्टर इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । ट्याक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।