धरान : धरान १२ स्थित स्यम्भु चैत बिहारमा दुबो, नरिवल,सुपारी काठमाण्डौ नेवारी समाजमा मात्र पाइने भएकाले धरानमा पनियसको उत्पादन गरेर दिदीबहिनीहरुले राम्रो व्यवसायक गर्न सक्ने  हुनाले शाक्य कल्याण संस्था धरानको आयोजनामा तीन दिने लाखामरी बनाउने तालिम शुरु भएको छ । लाखामरी नेवार समुदायको एक महत्वपूर्ण परिकार हो ।

तालिममा लाखामरी बनाउने साथै नेवार समुदायको विवाह, पूजा र हरेक धार्मिक कार्यमा आवशयक हुने दुवोको माला बनाउने, नरिवल र सुपारी सजाउने जस्ता विषयमा समते शीप प्रदान गरिएको छ । विहिबार स्वयम्भू चैत्य महाविहारमा सम्पन्न तालिम शाक्य महिला समितिको संयोजकत्वमा संचालन तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको संयोजक लक्ष्मी शाक्य रहनु भएको थियो ।यस लाखामरीलाई प्रर्वधन गर्नुका साथै यसको उत्पादन र व्यवसायबाट महिलाहरुको शीप तथा आय आर्जनमा समेत सहयोग पुग्ने प्रमूख अतिथि संस्थाका पूर्व सल्लाहकार शिला बज्रचायले वताए । उनले महिलाहरु व्यसाय तर्फ उन्मुख भई आय आर्जन गरेमा महिला हिंसा समेत कम हुनेकुरामा जोड दिएका थिए ।shakhya-samaj-dharan 1

शाक्य महिलाहरुको उद्यमशिल बन्नुका साथै उनिहरुको क्षमता विकास, सामाजिकीकरण, नेतृत्व विकास लगायत धेरै कुरामा सहयोग पुग्ने विश्वास शाक्य कल्याण संस्थाका अध्यक्ष अमृतमान शाक्यले व्यक्त गरेका थिए ।

तालिमको उद्घाटन कार्यक्रममा संस्थाका अग्रज मोहन काजी शाक्य, नरेश कुमार शाक्य र मञ्जु शाक्यले बोल्नु भएको थियो । अग्रज व्यक्तिहरु हरिकृष्ण श्रेष्ठ, विकास कुमार गुभाजु, पूर्णकाजी शाक्य, कुलबहादुर शाक्य, तिर्थराज शाक्य लगायत संस्थाका पदाधिकारी एवं सल्लाकारहरुको सहभागिता रहेको थियो ।

धरानमा लाखामरीको माग अध्याधिक हुने गरेको र काठमाण्डौबाट ल्याउनु पर्ने अवस्थामा धरानमा यसको उत्पादन गरेर दिदीबहिनीहरुले राम्रो व्यवसायक गर्न सक्ने मोहनकाजी शाक्यले सुझाव दिएका थिए । उत्पादन गरेको बस्तुको बजारीकरणमा सहयोग गर्नुपर्ने साथै महिलाहरुको क्षमता विकासका लागि विभिन्न तालिमहरुको समेत आयोजना गर्नुपर्ने कुरामा शाक्यले जोड दिएका थिए ।

कार्यक्रमको संचालन महिला समितिकी सचिव उनिता शाक्यले गर्नु भएको थियो भने स्वागत गीत सुुमित्रा शाक्यले गर्नु भएको थियो । तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गर्ने सहभागीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।