धरान : नेपाली काँग्रेस धरान–५ देउरालीको आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रमबाट ४८ प्रिन्ट रगत सङ्कलन भएको छ । रक्तदानको संयोजन नेपाल तरुण दल धरान–५ ले गरेको हो ।
रक्तदान कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस वडा ५ का सभापति कुमार देवानले  गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री उमेश थापा,क्षेत्रीय सभापति सजेन्द्र गोले, अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो । 
काँग्रेस वडासचिव रमेश मगरले नेपाली काँग्रेसको सामाजिक गतिविधिमा गतिशीलता बढाउने नीति अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
raktdan-12