धरान : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सीमा नाकाहरुको निरीक्षण गरेका छन् ।

कोरोना भाइरसका कारण सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले आज मंगलबार देखि सीमा नाकाहरु बन्द गरेसँगै नाकाहरुको अवस्थाको जानकारी लिन मुख्यमन्त्री राईले हिजो झापाको काकडभिट्टास्थित नाकाको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मुख्यमन्त्री राईले नाकाको सम्पूर्ण जानकारी स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रशासन, प्रहरीबाट लिएका थिए ।

सीमा नाका बन्दका कारण काकडभिट्टाको पानीट्यांकीमा रोकिएका नेपालीहरुको बारेमा मुख्यमन्त्री राईले जानकारी लिएका छन् । उनिहरुलाई सबै पक्रिया पुर्याएर नेपाल आउन आफूले पहल थालेको सिमामा रोकिएका नेपालीहरुलाई मुख्यमन्त्री राईले जानकारी दिए ।

मुख्यमन्त्री राईले झापाको कलवलगुरीमा निर्माण भएको क्वारेन्टाईनको निरीक्षण समेत गरेका छन् । त्यस्तै मुख्यमन्त्री राईल मेची अस्पतालमा तयार गरिएको आईसोलेसन वार्डको निरीक्षण तथा आवश्यक जानकारी पनि लिएका छन् ।

रीक्षणका क्रममा मुख्यमन्त्री राईले प्रदेशवासी जनतालाई संयमता र सजकता अपनाउन आग्रह गरे । कोरोना भाइरसको विरुद्ध सबै मिलेर अगाडि बढ्न पनि आग्रह गरे ।