धरान : लागुऔषधको खोजीमा नक्कली डाक्टर बनेर काठमाण्डौबाट कार लिएर आएका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली डाक्टर भेषधारण गरेर काठमाडौंबाट झापा आएका दुई युवालाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारीलाइ काकाडभिट्टा प्रहरीले पक्राउ गरेको काकाडभिट्टा प्रहरीले जनाएको छ । लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आईतबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताउदै उनीहरुमध्ये एक जनाले डा. विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

काठमाडौंदेखि डाक्टरको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो ।

दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ । सवारी साधन प्रहरी कार्यालयमै राखिएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागू औषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशङ्का गरिएको बताए ।